हुन त गीत खासमा कसैले बनाउने होइन ! सृष्टिको आदिकालदेखि हावाको बहावसँगै, चराको चिर्बिरसँगै, खोलाको सुस्याइसँगै निस्किएका मानिसका सुस्केरा नै गीत हुन् । तर, मान्छेले ती प्रकृतिका भाका टिपेर आफ्ना गीत बनायो, आफ्ना खजाना बनायो, आफ्ना दुख मिसायो, आफ्ना सुख बिसायो, आफ्ना प्रेम र वियोगका अनुभूतिलाई लय, ताल, सुर र शब्दमा घोलेर गीतको संसार बनायो, सङ्गीतको घरबार बनायो ।
हो, यो मान्छे भन्ने प्राणी हो नै यस्तै- अहिले संसार उसले आफ्नो बनाएको छ । आफ्नाहरूको संसारमा धेरै आफन्तहरू भएको, अझै नजिकका नातेदार भएको, अझै हाडनाताको जस्तो साइनो भएको नेपालको साङ्गीतिक समूह हो, नेपथ्य ।
नेपथ्यले नेपाली लोकजीवनका सङ्गीतलाई 'नेपथ्यबाट बाहिर ल्याउन' खर्चेको अढाई दशकभन्दा लामो समयको फेरो भने नापिनसक्नुको छ । द्वन्द्वका बाछिटामा शान्तिको सङ्गीतको अपिल गर्ने नेपथ्य, वेम्ब्लेको विश्वप्रसिद्ध मन्चमा नेपाली लोकभाका घन्काउने नेपालको पहिलो सङ्गीतिक समूह पनि हो । रनवनका भाकालाई मान्छेका मनका भाका बनाउन नेपथ्य सदा उद्दत छ । नेपथ्यको पथ्य भेटाउन भने सङ्गीतको खास पारखी हुनै पर्छ । पारखीले पारख गर्नै नसक्ने गरी उसले गीत सुनाउँछ र सबैलाई गाउन लगाउँछ पनि । अडियो क्यासेट, सिडी एल्बम र स्टेजमा सुनिने नेपथ्यको आवाज अब पर्दामा अमृत गुरुङ भएर आएको छ ।
Subscribe to continue reading
You’ve reached the end of this complimentary preview. Unlock this individual piece or gain unlimited access with any subscription tier.
Per Article
Unlock this essay permanently with a single micropayment. No recurring fees or recurring renewals.
Subscribe for Full Archive
Unlimited access to every story, historical archive dossiers, full text-to-speech audio, and saved reading library.

Bhupendra Khadka
Publishing Director & Literary Critic
Bhupendra oversees literary curation, translation projects, and contemporary fiction at Bookhill Publication.
